फिदिममा बस दुर्घटनामा घाइते ६५ मध्ये दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर उपचारका लागि समर्पित अस्पताल ल्याइएका एक बालक र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार पाँचथरबाट झापा जाँदै गरेको को१ख ३८६५ नम्बरको बस सोमबार फिदिम–४ सरखण्डेमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते ६३ जनाको पाँचथर अस्पताल, पाथिभरा तथा समर्पित अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको विश्वकर्माले बताए ।