प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
बैठकले बाढी–पहिरो पीडितको राहतका लागि महत्वपूर्ण निर्णय गर्ने सम्भावना छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । त्यसपछि पहिलोपटक बैठक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।
बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणको क्रममा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदको बैठकको बैठकबाट बाढी–पहिरो पीडितको राहतका लागि महत्वपूर्ण निर्णय गर्ने बताएका थिए ।