प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच निर्वाचनबारे छलफल भएको छ ।
सोमबार प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सदस्यबीच पहिलो चरणमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
पहिलो चरणमा आज भएको छलफलमा आगामी फागुनमा रिक्त हुने राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन गर्ने र मिति तोक्नेलगायत अन्य विविध विषयमा छलफल भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
सो क्रममा आयोगले राष्ट्रियसभाको रिक्त २० पदमा आगामी फागुन पहिलो साता निर्वाचन गर्न सिफारिस गरेको छ ।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुनमा सकिँदैछ ।