पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जना संक्रमित थपिएका हुन् ।
योसँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ हजार ७२९ पुगेको मन्त्रालयले जनाएको छ ।
सोमबार संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ ।
आज ५०१ जना निको भएका छन् । हालसम्म ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेको छ ।