राष्ट्रियसभाका २० सांसदको फागुन २१ मा कार्यकाल सकिँदैछ ।
२०७५ असार ४ गते गोलाप्रथामार्फत् चार वर्षे अवधि कायम भएका २० सांसदहरूको फागुन २१ मा कार्यकाल सकिन लागेको हो ।
कार्यकाल सकिने राष्ट्रिय सभाका सांसदहरूः
नेकपा एमाले
अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल ।
नेकपा माओवादी केन्द्र
खिमकुमार बिक, जीवन बुढा, दिनानाथ शर्मा, शशीकला दाहाल, रामनारायण बिँडारी ।
नेकपा (एकीकृत समाजवादी)
उदयाशर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्ति कुमारी अधिकारी जिशी, शेरबहादुर कुँवर ।
नेपाली कांग्रेस
दृगनारायण पाण्डेय, तारादेवी भट्ट, राधेश्याम अधिकारी ।
ती २० सांसदको पद सकिन लागेपछि सरकारले निर्वाचनको मिति छिट्टै तोक्ने तयारी गरेको छ । त्यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।