नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले छिमेकी राष्ट्र भारतको सहयोगबिना नेपालको बिकाश सम्भव नरहेको बताएका छ्न।
नेपाल-भारतबिचको संबन्ध अन्य राष्ट्रहरु भन्दा अलग किसिमको रहेको र नेपालका हरेक परिवर्तनमा भारतको सहभागिता आवस्यक रहेकोले नेपालको बिकाशका लागि भारतको साथ अहम भएको उनले बताए।
नेपालका लागि भारतका पुर्व राजदुत रन्जित रे द्वारा लिखित 'काठमाडौं डिलेमा, रिसेटिङ्ग ईण्डिया-नेपाल टाईस' नामक पुस्तकबारे आज काठमाडौंमा आयोजित छलफल कार्यक्रममा मुख्य अतिथी रहेका प्रचण्डले भारतिय राजन्यायिकले नेपालबारे लेखेको पुस्तकले भारत-नेपाल सम्बन्धका आयामहरुलाई बुझ्न सजिलो भएको बताए।
पुस्तकबारे चर्चा गर्दै उनले रे द्वारा लिखित पुस्तकमा भारतले नेपाल बारे चोच्ने, बुझ्ने र नेपालप्रती उस्को सदभाव झल्काएको बताए। यसबाट नेपालले भारतप्रती आफ्नो धारणा बनाउन मद्द्त पुग्ने उनले बताए।
'भारत नेपालको सर्वप्रीय मित्र मात्रै नभई सबैभन्दा सरल र मिल्ने राष्ट्र हो', प्रचण्डले भने- राजदुत रे को अनुभवले नेपाल र भारतबिचको सम्बन्धलाई नयां उचाईमा पुर्याउन सहयोग गर्ने छ।'
माओवादी जनयुद्ध पश्चात् मुलधारको राजनितिमा आई दुई पटक देशको प्रधानमन्त्री भईसकेको स्मरण गर्दै प्रचन्डले शान्ति सम्झौता र १२ बुंदे समझदारी गराउन भारतको ठूलो सहयोग रहेको समेत बताए।
'पुस्तकमा माओवादीलाई भारतले परिचालित गरेको तथ्यहिन कुरालाई प्रमाणित गरेकोछ', उनले भने- ' देश र जनताको हितमा हामिले जनयुद्ध पनि गर्यौ, शान्ती सम्झौता पनि गर्यौ, जसमा भारतको निक्कै सहयोग थियो।'
भारत-नेपालको खुल्ला सिमानामा हुने सानामसिना कुरालाई पनि काठमाडौका बुद्धिजिविहरुले तिलको ताड बनाउने गरेको भन्दै प्रचण्डले भारत-नेपालको सिमा कुनैपनि शक्तीले बन्द गर्न नसक्ने बरु त्यसलाई नियमन गर्न सकिने बताए।
सेन्टर फर सोसल ईन्क्लुजन एण्ड फेडेरलिज्म (सिईएसआईएफ) को आयोजनामा भएको कार्यक्रमा पुर्वराजदुत रान्जित रे ले आफ्नो ४ वर्षे नेपाल बसाईमा नेपाल र नेपालीको भारतप्रतिको बुझाई र दुई देशबिचको सकारत्मक सम्बन्धको सुधारका लागि आफुले किताब लेखेको बताए।
कार्यक्रममा भारतका लागि नेपालका पुर्वराजदुत लोकराज बराल, अन्तरराष्ट्रीय मामिलाका जानकारहरु अपेक्षा साह र अमिशराज मुल्मिले रे को पुस्तकबारे छलफल गरेका थिए।
सिईएसआईएफका अध्यक्ष पुर्वराजदुत विजयकान्त कर्णले सहजिकरण गरेको कार्यक्रमामा नेपालका परराष्ट्रमामिला बिज्ञ, भाषा तथा सिमाबिज्ञ, सञ्चारकर्मीहरु सहभागी थिए।