सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरूबीच छलफल सुरू भएको छ ।
१४ जना न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग पछिल्ला विवादबारे छलफल गरिरहेका छन् ।
उनीहरूले प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निर्णय गरिसकेका छन् ।
संवैधानिक निकायमा भागबण्डा लिने, तीविरूद्ध परेका रिटमाथिको सुनुवाइ नहुने गरी पेसी तोक्ने, ती मुद्दाको सुनुवाइ विवादित बनाउने, मन्त्रिपरिषदमा समेत भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश राणा विवादमा छन् । उनलाई राजीनामा गर्न चौतर्फी दबाब आइरहेको छ ।