प्रदेश २ सरकारले दुईवटा विश्वविधालयहरु स्थापना गर्ने महत्वकांक्षी योजनाका लागि प्रदेश प्रमुखलाई अध्यादेशहरु सिफारिस गरेको छ ।
जनकपुरमा आज बसेको मन्त्रिपरिषदको बैठकले विरगंज प्राविधिक विश्वविधालय र कृषि विश्वविधालय, सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुख बाट अध्यादेश जारी भए लगतै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ला हुने सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी गराए ।
कृषि तथा प्राविधिक सम्बन्धि दक्ष जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धि अध्ययन अनुसन्धानलाई समयसापेक्ष, व्यापक, व्यवहारिक र गुणस्तरीय बनाउन कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना गर्न अध्यादेशहरु सिफारिश गरिएको मन्त्रि साहले जनाए ।
हाल प्रदेशसभा सञ्चालनमा नरहेकोले संविधानको धारा २०२ बमोजिम अध्यादेश मार्फत विश्वविधालय स्थापनाको बाटो खोलिएको हो ।
बिगत लामो समयदेखि बिरगञ्जमा विश्वविधालय स्थापनाकालागि मागहरु उठेपनि स्थापना हुनसकेको छैन् ।
त्यस्तै मन्त्रिपरिषदको बैठकले ‘ग्रिन सिटी क्लिन सिटी’ योजना अन्तर्गत पहिलो चरणमा विरगंज, जनकपुरधाम र राजविराजमा सरसफाई, विधुतिकरण तथा वृक्षारोपण कार्य संचालन गर्ने निर्णय गरेको मन्त्रि साहले जानकारी दिए ।
यसअघि प्रदेश २ सरकारले जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थाापना गरेपनि व्यवस्थित रुपले संचालनमा सञ्चालनमा आउनसकेका छैन् ।