मंगलबार नेप्से परिसूचक ७८ दशमलव ८२ अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज ७२ हजार ९ सय ७३ कारोबारबाट २२७ कम्पनीका १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच भए । जसअनुसार कारोबार रकम ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँ पुगेको छ ।
आइतबारदेखि मंगलबारसम्म आइपुग्दा नेप्से परिसूचक करिब २ सय अंकले बढेको छ । अघिल्लो साता २ हजार ५ सय ५७ अंकमा रहेको परिसूचक तीन दिनमा १ सय ९३ दशमलव ९२ अंकले बढेर २ हजार ७ सय ५१ अंकमा पुगेको छ ।