नेपालमा थप ६६६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २० नमुमा परीक्षण गर्दा ६६६ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मंगलबार कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ ।
आज ६२२ जना संक्रमित निको भएका छन् । हालसम्म ९७.३ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
हाल १० हजार २९६ संक्रिय संक्रमित छन् ।