नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा चितवनबाटै चुनाव लड्ने बताएका छन् ।
मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अब पाँच वर्षको लागि हुने निर्वाचन आफ्नो लागि अन्तिम हुन सक्ने बताए । उनले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’
उनले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले आफ्नो गरिमालाई कायम राख्नपर्ने बताए ।
अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरे ।