राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पदमा बस्ने नैतिकता गुमाइसकेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले जबराले पदमा बस्ने नैतिकता गुमाइसकेको र त्यसमा विवाद नरहेको बताएका हुन् ।
तर, इजलास बहिष्कार गर्ने, न्याय निरुपण नगर्ने, न्यायपालिकाभित्र राजनीति/गुटबन्दी गर्ने काम न्यायधीशको नभएको थापाले बताएका छन् । उनले त्यसलाई अमर्यादित कार्य भन्दै रोक्नुपर्ने बताएका छन् ।