बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् ।
विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिने भएकी हुन् ।
आज विश्वासको प्रस्तावमा मतविभाजन गर्ने कार्यतालिका थियो ।
विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छ ।
एमाले उपाध्यक्षसमेत रहेकी शाक्य गत भदौ २ मा एमालेबाट मुख्यमन्त्री बनेकी थिइन् ।