बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन माग गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गरेको हो ।
बृहत नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं ।’