भन्सार विभागको तथ्याङ्कानुसार तीन महिनामा २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार बराबरको डिजेल आयात भएको छ जुन आयातमध्येकै बढी हो।
त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ। व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनः निर्यात गर्दै आएका छन्।
चालू आवको पहिलो तीन महिनामा करिब १३ करोड लिटर भटमासको तेल २० अर्ब ६० करोड ६० लाख ५१ हजार मूल्य बराबरको निर्यात भएको विभागले जनाएको छ।
त्यस्तै चालू आवको पहिलो तीन महिनामा मोबाइल टेलिफोन १७ अर्ब १७ करोड ७१ लाख ८० हजार, पाम आयल १३ अर्ब चार करोड ५३ लाख ८६ हजार र पेट्रोल १२ अर्ब ८६ करोड ५६ लाख ५७ हजारको आयात भएको छ।