नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले हिजोको सूर्यमा ग्रहण लागि सकेकाले अब जनताले कलम चिन्ह रोज्नु पर्ने अवस्था बनिसकेको बताएका छन् ।
कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि सुदूरपश्चिम आएका अध्यक्ष नेपालले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।
ओलीको निजी कम्पनीको रूपमा प्रयोग भएको नेकपा एमालेमा विद्रोह गरेर नेकपा एसको स्थापना गरेको नेता नेपालले बताए । ‘हिजो मात्रै हामीले निर्वाचन आयोगबाट चुनाव चिन्ह प्राप्त गरिसकेका छौँ । यी सबै अवस्थामा कलम चिन्ह लिएर जताको माझमा हामी जाने छौँ । हिजोको सूर्यमा ग्रहण लागी सकेकोले अव न्याय र सत्यको आवाज बुलन्द गर्नको लागी कलम चिन्हमा नै जनताले रोज्नु पर्ने अवस्था बनेको छ’ उनले भने ।
अध्यक्ष नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउनेबारे गठवन्धनमा कुनै छलफल नभएको बताइ ।
एमाले अध्यक्ष केपीले ओलीले परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत भएको बताए ।