बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन अहिले जेल र जमानत (बेल)का बिचमा फसेका छन् ।
आर्यनको जमानत याचिकामाथि बिहीबार फेरि अदालतमा सुनवाई हुँदैछ । यसअघि २६ र २७ अक्टुबरमा आर्यनमाथि लागेका मुद्धामाथि सुनवाई भएको थियो ।
आर्यनलाई नार्कोटिक ब्यूरो सएनसीबीले २ अक्टुबरका दिन मुम्बईको इन्टरनेशनल कु्रज टर्मिनलबाट पक्राउ गरेको थियो । आर्यन खान मुम्बईबाट गोवा जाँदै गरेको क्रुज जहाजमा ड्रग्स पार्टीमा सहभागी हुन गइरहेका थिए ।
एनसीबीले कु्रज जहाजमा छापा मारेर आर्यन खान, अरबाज मर्चेन्टर मुनमुन धामेचालाई त्यहाँबाट पक्राउ गरेका थिए । एनसीबीले आर्यनमाथि अन्तराष्ट्रिय लागुऔषध कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् ।