प्रतिनिधिसभाको बैठक १८ दिनसम्मका लागि स्थगित भएको छ ।
बिहीवारको बैठकमा एमाले सांसदको अवरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून मन्त्री दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७–०७८ पेश गरेका थिए ।
बिहीवार दिउँसो २ बजे सुरू भएको बैठक १३ मिनेर बसेर स्थगित भयो । प्रतिनिधिसभाको अर्को बैठक कात्तिक २९ गते दिउँसो १ बजे बस्नेछ ।