अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालमा काम थाल्ने तयारी गरेको छ ।
नेपालमा कम्प्याक्टअन्तर्गतका आयोजना कार्यान्वयनको पुर्वतयारीमा रहेको एमसीसीले काम थाल्ने तयारी थालेको हो ।
संसददेखि सदनसंग बहस र विरोध भइरहेको बेला एमसीसीले परियोजना कार्यान्वयनका लागि कर्मचारी माग गरेको छ ।
एमसीसीले बिहीवार एक सूचना जारी गर्दै प्रमुख लेखा अधिकृत, प्रोजेक्ट मेनेजर र सञ्चार विज्ञमा आवेदन मागेको छ ।
सरकारसंग सम्झौता भएअवागै परियोजनाप्रति सरकारको सकारात्मक कदमलाई आधार बनाएर कर्मचारीको माग गरिएको बुझिएको छ ।
नेपालमा एमसीसीबारे संसददेखि सडकसम्म बहस र विरोध हुँदै आइरहेको छ ।