बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ लिएका छन् ।
हेटौंडा–१० स्थित प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नवनियुक्त मुख्यमन्त्री पाण्डले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
पाण्डेले आजै सानो आकारको तीन सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरेका छन् । गठबन्धनमा आबद्ध माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल गरि तीन मन्त्रीले पनि सपथ लिएका छन् । खनाल आन्तरिक मामिला, भँडेल भौतिक पूर्वाधार र मोक्तान सामाजिक विकास मन्त्री बनेकी छन् ।
अष्टलक्ष्मी शाक्यले बुधवार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।