लोकतान्त्रिक समावजवादी पार्टी नेपाल (लोसपा) को ४ दिने पार्टी प्रवेश अभियान आज सम्पन्न हुंदैछ ।
प्रदेश २ को सर्लाही जिल्लामा गत मंगलवारदेखि आयोजित अभियानको आज अन्तिम दिन सर्लाही क्षेत्र नं.२ मा पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान गर्दै समापन हुनलागेको लोसपा नेता अनिल महासेठले जनाए ।
सर्लाही जिल्लामा पार्टीलाई मजबुतिका सांथ अगाडी बठाउने उद्देश्यले ४ दिने अभियानको सञ्चालन गरिएको नेता महासेठले बताए ।
अभियान अन्तर्गत मंगलवार क्षेत्र नं. १ तथा बुधवार र बिहिवार क्षेत्र नं. ३ र ४ मा कार्यक्रमको आयोजना गरिएको थियो ।
लोसपाको ४ दिवसिय अभियान अन्तर्गत बिभिन्न दलका हजारौं कार्यकर्ताहरुलाई सोसपामा प्रवेश गराईएको दाबि नेता महासेठले गरेका छन् ।
अभियानमा पार्टी अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो, शरत्तशिंह भण्डारी, नेताहरु अनिल झा, जितेन्द्र सोनल, चन्दा चौधरी लगातकाले पार्टीलाई मजबुतिका सांथ अगाडी बढाउन स्थानिय नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
आगामि निर्वाचनमा लोसपालाई प्रदेश २ को सबैभन्दा ठुलो दल बनाउने उद्देश्यका सांथ अभियान थालिएको र प्रदेशको ८ वटै जिल्लाहरुमा यस्ता अभियान सञ्चालन गर्ने लोसपा श्रोतले जनाएको छ ।
मधेशको मुक्ति तथा अधिकारका निम्ती लोसपा नै जनमुखि पार्टी भएको बताउंदै नेताहरुले आगामि तिनै तहको निर्वाचनमा आफुहरुको पक्षमा मतदान गर्न आग्रह समेत गरेका छन् ।
सर्वोच्च अदालतले चैत्र महिनामा स्थानिय तहको निर्वाचन गराउन सरकारलाई सल्लाह दिएपछि देशका सबै राजनितिक दल चुनावी तयारीमा लागेका छन् । लोसपा समेत सोही तयारीमा लागेको बुझिएको छ ।