डा.सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरको खानेपानी प्रमुखलाई गरेको जनकारवाहीको सिको गर्दै धनुषाकै बरकुर्बामा विद्यार्र्थीहरूले प्रधानाध्यापकमाथि ‘जनकारवाही’ गरेका छन् ।
शुक्रवार सबैला नगरपालिकाको रघुनाथपुरमा रहेको बरकुर्बास्थित फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई उनीहरुले कुटपिट गर्नुका साथै कालोमोसो दलेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः
विद्यालयमा व्याप्त समस्याहरु समाधान नगरेको र आफुहरुको माग पुरा नगरेकोले स्थानीय युवाहरुको सहयोगमा उनीहरुले प्रधानाध्यापक साहमाथि जनकारवाही गरेको बताएका छन् ।
विद्यालयमा नियमित पठनपाठन र शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको विल विद्यार्थीहरुले पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनुपर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नुपर्ने तथा विद्यालय सुधारका लागि सरोकारवालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनुपर्ने माग विद्यार्थीहरुको छ ।
आफ्नै घरदेखि हिँडेका प्रधानाध्यापक साहलाई घरबाट करिब २ किलोमिटर टंढा समातेर कुटपिट तथा कालोमोसो दलिएको हो ।