राष्ट्रियसभाको ४ वर्षे कार्यकाल पुरा गरेका २० सांसदको पदावधि फागुन २१ गते सकिदै छ ।
राष्ट्रियसभा सदस्यको समयावधि सकिने एक महिना अवागै नै निर्वाचन भइसक्नुपर्ने प्रावधान छ, तर नेपाली कांग्रेसको कारण निर्वाचनमा ढिलाई भईरहेको छ ।
कांग्रेसको आसन्न १४ औ महाधिवेशनका कारण सरकारले निर्वाचनको मिति नतोक्दा ढिलाई भईरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि दल दर्ताको आह्वान हुनु अगावै कांग्रेसको महाधिवेशन सम्पन्न नभए उसले सहभागी हुन नपाउने भएकाले मिति तय गर्न ढिलाई भएको बताइएको छ । कांग्रेसको आन्तरिक बिवादका कारण महाधिवेशन हुननसकेको हो ।
निर्वाचन आयोगले भने फागनुमा रिक्त हुन २० सांसदको निर्वाचन आउंदो माघ ७ अथवा १० गते गर्न प्रस्ताव गरेको छ । सरकारसँग सोहीे मितिमा निर्वाचन गर्न आयोगले प्रस्ताव राखेको हो ।