मुद्दा नहेर्ने सर्वोच्च अदातलका १५ न्यायाधीशविरुद्ध रिट दर्ता भएको छ ।
सर्वोच्च अदालतका १५ न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै कृष्ण प्रसाईंसहितका अधिवक्ताहरुले रिट दर्ता गराएका हुन् ।
‘सर्वसाधारणको बन्दी प्रत्यक्षीकरण लगायतका मुद्दामा तत्काल सुनुवाई हुन पर्ने संविधानको धारा २० समेत बमोजिमको न्याय सम्बन्धी हक उल्लंघन हुन गएको कारण यसबीचमा केही माननीय न्यायाधीशहरु बिदामा बस्नु भएको भन्ने जानकारी आएकाको’ भन्दै सो रिटमा भनिएको छ ‘विपक्षी माननीय न्यायाधीशज्यूहरुका नाममा आजैको मितिदेखि संविधानको धारा १३३ ९२०, ९३० बमोजिम पेशी सूचीका कुनै पनि मुद्दा नरोक्नु, इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नु भन्ने व्यहोराको परमादेश जारी गरिपाउँ ।’
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले पेशी तोकिएका मुद्दा पनि हेर्न छाडेका छन् ।
सम्बन्धित समाचारः
सर्वोच्च अदालत परिसरमै वकिलबीच कुटाकुट !