शुक्रवार सर्वोच्च अदालतमै सहकर्मि कानुन व्यवसायीबाट कुटिएका अधिवक्ता भुमिनन्दन चुडालले राजतन्त्र नआउन्जेल चोलेन्द्र शमशेर जबरानै प्रधानन्यायधिश रहिरहने बताएका छन् ।
सर्वोच्च अदालत बार एसोसिएसनको प्रायंगनमा दुई कानुन व्यवसायिबिच प्रधानन्यायाधिशको राजिनामा सम्बन्धि बहसमा शुक्रवार दिउंसो कुटाकुट भएको थियो ।
घटना पश्चात बार भवनबाट निस्कदै कुटिएका अधिवक्ता चुडालले नेपाल वार एसोसिएशन गैरकानुनि भईसकेको र बार नेतृत्व दलालि प्रबृतिमा लागेको आरोप लगाए । सर्वोच्च अदालतमै कानुनव्यवसायी कुटिदां बारका प्रतिनिधिहरु मुखदर्शक बन्नु जायज नभएको उनले बताए ।
देशमा गणतन्त्र समाप्त भईसकेको र अब राजतन्त्र फर्किने चुडालले दाबि गरे । न्यायपालिकाको खम्बाको रुपमा रहेका प्रधानन्यायाधिशलाई कुनै शक्तिले हटाउन नसक्ने भन्दै चुडालले राजतन्त्र नआउन्जेल जबरानै प्रधानन्यायाधिश भईरहने बताए ।
प्रधानन्यायाधिश जबराको समर्थक रहेका चुडालले बिहिवार प्रधानन्यायाधिशले राजिनामा नदिनुपर्ने अधिव्यक्ति सञ्चारमाध्यमहरुमा राखेकोले आफुलाई कुटिएको आरोप लगाए ।