नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । आजको बसेको बारको केन्द्रीय कार्यसमिति बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको हो ।
बुधबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा नेपाल बारले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने उपाध्यक्ष रक्षा बस्यालले बताइन् ।
बारले प्रधानन्यायाधीश जबराको राजीनामा गराउन दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । जसअन्तर्गत बारले आइबारबाट धर्ना दिने भएको छ ।
त्यसैगरी आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ ।
बारले प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलास नतोक्न पनि आग्रह गरेको छ ।
नेपाल बारले यसअघि नै प्रधानन्यायाधीश जबराले न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा दिनुपर्ने निर्णय गरिसकेको छ ।