करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
करेन्ट लागेर मृत्यु हुनेमो शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्यारा रहेकी छन् । सोही नगरपालिकाको वडा नं. ११ मल्लीसातस्थित माइती घर गएकी रोस्याराको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको को जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, करेन्ट लागेर सोही वडाका एक जना सोही समयमा घाइते भएका छन् । शिखर नगरपालिका–११ बारबाटाका शिशिर साउद घाइते भएका हुन् । उनको राजपुरस्थित सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ ।
त्यहाँ असोज ३१ गतेदेखिको वर्षाका कारण अवरुद्ध रहेको अवरुद्ध रहेको विद्युत शुक्रबार मात्रै सुचारु भएको थियो ।
डोटी वितरण केन्द्र दिपायलका अनुसार शुक्रबार दिउँसो २ बजेर ३४ मिनेटमा १५ मिनेटका लागि विद्युत लाइन टेस्टका लागि करेन्ट छोडिएको थियो ।
सोही क्रममा करेन्ट लागेर एकको मृत्यु र एक जना घाइते भएका हुन् ।