चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् ।
देशका विभिन्न भागमा छिटपुट मामिला रिपोर्ट गरिएकाले शनिबार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन् ।
कोरोनाभाइरस र महामारीलाई छोटो अवधिमा उन्मूलन गर्न सकिँदैन, झोङले अन्य देशलाई कोभिड–१९ विरुद्ध कडा र प्राथमिकताका उपायहरू अपनाउन र सक्रिय रूपमा खोप लगाउन आह्वान गरेका छन् ।
झोङले यस वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा बढी चिनियाँ बासिन्दालाई पूर्णरूपमा खोप लगाइसकिनेमा आफू आशावादी रहेको बताए ।
पछिल्लो समय चीनका विभिन्न प्रान्तमा कोरोना संक्रमण देखिन थालेको छ ।