नेपालका पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९११ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ३९९ जनाको मृत्यु भएको छ ।
त्यस्तै शनिवार ९११ जना निको भएका छन् । हालसम्म ९७.४ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ रहेको छ ।
शनिवार काठमाडौं उपत्यकामा १६८ थपिएका छन्ज । समध्ये काठमाडौंमा १०३, ललितपुरमा ४५ र भक्तपुरमा २० संक्रमित छन्। ।