प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज १२ वटा इजलास तोकेका छन् ।
आइतबारका लागि प्रधानन्यायाधीश जबराले आफ्नोसहित चार एकल र आठ संयुक्त इजलास तोकेका हुन् ।
त्यस्तै, आजको लागि दुई सय ४८ मुद्दाको पेशी तोकिएको छ ।
तर, प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै न्यायाधीश, बार तथा कानून व्यवसायीले आन्दोलन गर्दै आएका छन् । जसका कारण इजलास तोकिएका मुद्दाको सुनुवाइ हुने सम्भावना न्यून छ ।
सम्बन्धित समाचारः
सर्वोच्चमा रमिताः बारको कालोपट्टिविरुद्ध वकिलहरूको सेतोपट्टी !