खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रमानमन्त्री शेरबहादुर देउवालाई समावेशिता बिरोधि भएको आरोप लगाएका छन् ।
मन्त्रिमण्डलमा देउवाले आफ्नो गुटबाट एउटै समुदाय र वर्गका व्यक्तिलाई मात्रै समावेश गरेको भन्दै चौधरीले उनि समावेशिताको पक्षमा नरहेको बताएका हुन् ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला गुटबाट मन्त्री बनेका चौधरीले सो पक्षले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै आफ्नै पार्टी सभापति रहेका प्रधानमन्त्री देउवालाई मधेशी, थारुहरुलाई मन्त्रीमण्डलमा समावेश नगरेको आरोप लगाए ।
सिटौलाले मात्रै आफु जस्ता थारु समुदायका व्यक्तिलाई मन्त्री बनाईएको प्रति आभार व्यक्त गर्दै मन्त्री चौधरीले कांग्रेसको आगामि महाधिवेशनमा सिटौलालाई नै सांथ दिने बताए ।
‘मन्त्रीमण्डलमा देउवाजीले ल्याएको अनुहारले उनि समावेशिता बिरोधि भएको पुष्टि भएको छ’, चौधरीले भने– ‘सिटौलाजी त्यागि नेता हुन, उनले गगन थापा, भिमशेन दास प्रधान र म जस्था थारुको छोरालाई मन्त्री बनाए ।’
कांग्रेसको १४ औ महाधिवेहनमा आफुहरुको समुहले नेता सिटौलाकै नेतृत्वमा सहभागि हुने चौधरीले उदघोष समेत गरे ।
चियापान कार्यक्रममा कांग्रेस नेता सिटौला, गगन थापा लगायतका सहभागि थिए ।