नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन् ।
नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताए । नेता सिंहले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउनका लागि आफूलाई सबै कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिए ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले केपी शर्मा ओली सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा न्यायलयमा अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै अदालतलगायत निकायमा राजनीतिक नियुक्ति संविधानको भावना विपरीत गर्दा अहिलेको अवस्था उत्पन्न भएको हो ।