वर्षौंदेखि स्थगित स्वतन्त्र बिधार्थि युनियन (स्ववियु) को निर्वाचन आउंदो पागुन महिनामै गर्न नेकपा एमाले समर्थित विधार्थी संगठन अनेरास्ववियुले माग गरेको छ ।
अनेरास्ववियुले फागुन १८ गते स्वतन्त्र विधार्थी युनियनको चुनाव गर्नेगरी कार्यतालिका बनाउन समेत त्रिभुवन विश्वविधालयलाई आग्रह गरेको छ ।
आइतबार अध्यक्ष सुनीता बरालस हितको टोलीले त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेटगरी स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गरेको हो ।
टोलिले स्ववियु निर्वाचनका सांथै शैक्षिक क्षेत्रमा बिभिन्न सुधारहरु गर्न समेत माग गरेको छ । विश्वविधालयमा शिक्षा सुधारका लागि चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुःल्क भन्दा बढी शुःल्क निर्धारण गरिएकोले सो शुःल्क फिर्ता लिनुपर्ने लगायतको माग अनेरास्ववियुले गरेको हो ।
त्रिविको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक सत्र प्रारम्भ हुनुपर्ने र परीक्षा सञ्चालन र त्यसको नतिजा समेत समयमै हुनुपर्ने माग अनेरास्ववियुले गरेको छ ।