माधव नारायण नगरपालिका–२ खेसरहिया टोल निवासी बाबा हनुमान मन्दिर पुजारी श्रीराम साहको गोली हानेर हत्या गर्नेलाई कार्वाहीको माग गर्दै दबाबमूलक बृहत मोटरसाइकल र्याली गरिएको छ ।
पुजारी साहको गोली हानेर हत्या गर्नेलाई कार्वाहीको माग गर्दै शिवनगर मन्दिरदेखि गौरसम्म बृहत मोटरसाइकल र्यालीसहित प्रदर्शन गरिएको छ ।
साहको हत्या भएको १ बर्ष बितिसक्दा हत्यारालाई कारवाही नभएको भन्दै हिन्दु परिषद नेपाल रौतहटका प्रवक्ता अभिमनु कुमार पटेलको अगुवाइमा बृहत मोटरसाईकल र्यालीसहित प्रदर्शन गरिएको थियो ।
२०७७ भदौं ३ गते राति पुजारीसाहको खाना खाँदै गरेको अवस्थामा देब्रे कन्चटमा गोली हानी हत्या गरिएको थियो ।
हत्याको आरोपमा पक्राउ परेको देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नुरुल्लालाई दुई लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । त्यसको विरोधमा प्रदर्शन गरिएको हो ।
हत्या आरोपित वडाध्यक्ष नुरुल्ला र नरेश पटेलको भाइको पैसाको बार्गेनिङ्ग गरेको १८ लाख रकम वकिललाई मिलाउन दिएको अडियो क्लिप सार्वजनिक भएको थियो ।