नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत्तले उपेन्द्र यादवलाई केपि ओलीको गठबन्धनमा भन्दा कांग्रेस नेतृत्वको गठबन्धन सहज भएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यकक्रममा बोल्दै महत्तले उपेन्द्र यादवको जसपा लगायतका दलहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवा भन्दा राम्रो नेतृत्वको सरकार नपाउने बताए ।
केहिदिन अघि सत्तारुद्ध घटकमध्ये एक, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेससंगको गठबन्धन सरकार चलाउन सहज नभएको बताएका थिए ।
यादवको भनाईप्रति ईंगित गर्दै कांग्रेस नेता महत्तले ‘केपि ओली सरकारमा सामेल रहेका उपेन्द्र यादवलाई कसको सरकार सहज छ भन्ने कुरा राम्रोसंग जानकारी भएको’ले गठबन्धनबारे नकारात्मक टिपणी नगर्न आग्रह समेत गरेका थिए ।
उनले कांग्रेस नेतृत्वको सरकार साझा सरकार भएको र यसै नेतृत्वको तिनै तहको चुनाव गराउने समेत बताए ।
उनले आगामि निर्वाचनसम्म ५ वटैदलको गठबन्धन रहिरहने बताए ।
स्मरण रहोस ४ वटा मन्त्रालय लिई उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा सामेल रहेको छ ।
मन्त्री छान्दा एकै जातिका मानिसलाई मात्रै मन्त्री बनाएको भन्दै पार्टी अध्यक्ष यादवको पार्टी भित्र र बाहिर ठुलो बिरोध भईरहेको छ ।