सर्वोच्च अदालतमा हाल देखिरहेको विवाद समाधानका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग ३ न्यायाधीशले वार्ता गर्ने भएका छन् ।
अदालतका न्यायाधीशहरुको आइतबार बसेको बैठकले प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न ३ न्यायाधीशलाई जिम्मा दिएको हो । जबरासँग वार्ता गर्ने न्यायाधीशहरूमा अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा रहेका छन् ।
प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका छन् ।
न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका छन् ।