प्रतिनिधिसभाका पुर्व सभामुख कृष्णबहादुर महराले एमसीसी पास गराउन यसअघिको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाइएको बताएका छन् ।
कोहलपुरमा आइतवार वाईसिएल नेपालद्वारा आयोजित शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा महराले सो कुरा बताएका हुन् । उनले माओवादी पार्टीले कहिल्यै राष्ट्रघाट गर्न नसक्ने पनि बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडानका कारण एमसीसी पास हुन नसकेको पनि उनले दावी गरे । उनले सहिदका सपना पूरा गर्नलाई पनि राष्ट्रघात नगर्ने बताए ।
एमसीसी पास गर्न नदिएका कारण आगामी निर्वाचनमा माओवादीलाई हराउन देशी विदेशी प्रतिक्रियावादीको चलखेल हुनसक्ने नेता महराको भनाइ छ ।