साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
प्रति तोलामा १०० रुपैयाँले बढी ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रति तोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। प्रति तोलामा ५ रुपैयाँले बढी एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।