कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आजै राजीनामा दिने भएका छन् ।
नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार उनले राजीनामा दिन लागेको उनीनिकट स्रोतले जनाएको छ ।
कर्णाली प्रदेश सरकारको नेतृत्व छाड्न नेपाली कांग्रेसले उनलाई सोमबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।
मुख्यमन्त्री शाहीको सत्ता संकट परेका बेला कांग्रेस र तत्कालीन एमालेका (माधव नेपाल पक्ष) सांसदले विश्वासको मत लिएर सरकार जोगिएको थियो । सो क्रममा ६ महिनापछि कांग्रेसले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
त्यही सहमतिअनुसार २०७८ जेठ २४ गते २ मन्त्रालय लिएर कांग्रेस कर्णाली सरकारमा सहभागी भएको थियो ।
राजीनामा दिनुअघि मुख्यमन्त्री शाहीले सोमबार अपरान्ह क्याविनेट बैठक बोलाएका छन् । उनले क्याबिनेट लगत्तै राजीनामा घोषणा गर्नेछन् ।
शाहीले राजीनामा दिएपछि नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।