प्रदेश न १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठन गर्नका लागि दाबी पेस गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयमा पुगेर विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् ।विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालयले मंगलबार २ बजेका लागि सपथ ग्रहण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
नयाँ सरकार गठनका लागि नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेसँगै राई बुहमतका आधारमा मुख्यमन्त्री बन्दै प्रदेश १ सरकारको नेतृत्व गर्ने छन् ।