प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन पनि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा विरोध कार्यक्रम गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीले विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्।न्यायालय विवादका कारण नेपाल बार एशोसिएसनको अगुवाईमा उनको राजीनामा माग गदैँ न्यायाधीशहरु कात्तिक १४ गतेदेखि आन्दोलित छन् ।