अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई सुझाव दिएका छन् ।
अधिवक्ता भट्टराईले विभिन्न १२ कारण देखाउँदै प्रधानन्यायाधीश जबरालाई सुझाव दिएका छन् ।
अधिवक्ता भट्टराईले न्यायमा अवरोध सिर्जना गरेको, स्वेच्छिक पेशी तोकेको, न्यायिक विचलनलाई प्रोत्साहन गरेको, सहकर्मीको सम्पूर्ण विश्वास गुमाएकोलगायतका कारण देखाउँदै प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन सुझाव दिएका हुन् ।
अधिवक्ता भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमसेरले पदबाट राजीनामा दिनुपर्नाका १२ कारण पनि प्रस्तुत गरेका छन् ।
१. न्यायमा अवरोध सिर्जना गरेको
२. पारदर्शी रुपमा पेशी नतोकेर स्वेच्छिक पेशी तोकेको
३. न्यायिक विचलनलाई प्रोत्साहन गरेको
४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाएको
५. न्याय प्रशासन र न्याय सम्पादन स्वच्छ ढंगले चलाउन नसकेको
६. विचौलियाको दबाब र प्रभाव हटाउन नसकेको
७. राजनीतिज्ञले जस्तो शक्तिको राजनीति गरेको
८. नियुक्ति र सरूवा विनाआधार मनलाग्दी ढंगले गरेको
९. भ्रष्टाचार र बेथिति मौलाएको
१०. विचाराधीन मुद्दामा अन्तर्वार्ता मार्फत् बचाउ गरेको
११. स्वार्थ बाझिएका मुद्दा आफैं हेरेको
१२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गरेको ।
प्रधानन्यायाधीले नेता बन्नै चाहेको हो भने उनको निर्वाचन क्षेत्र नेपाल बार र अदालतका १९ न्यायाधीश भएको भट्टराईको जिकिर छ । राजीनामा नदिने हो भने आफ्नो क्षेत्रमा जाने कि बस्नेबारे चुनाव गर्न आउन समेत उनले प्रधानन्यायाधीशलाई चेतावनी दिए ।
अधिवक्ता भट्टराईले आन्दोलनको आधिबेहरीले हटाउनुभन्दा अघि नै राजीनामा दिएर सहज बहिर्गमनको बाटो रोज्न प्रधानन्यायाधीश जबरालाई सुझाव दिए ।