नेकपा एमालेले १०औं महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) लाई नबोलाउने भएको छ ।
एकीकृत समाजवादी पार्टी राजनितिक शक्तिहरुको अवैधानिक सम्बन्ध वा लसपसबाट जन्मिएको र ठेगाना प्रस्ट नभएको भन्दै एमाले महाधिवेशनमा नबोलाउने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
भट्टराईका अनुसार महाधिवेशनमा विभिन्न मुलुकका पार्टीहरु, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरु, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरु तथा आईक्याप (आईसीएपीपी)का स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरिएको छ ।
तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भदौ ९ गते नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए ।