सर्वोच्च अदालतमा बुधबारका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज १५ न्यायाधीशका लागि नौ इजलास तोकेका थिए । तर, उनले आफ्नो लागि भने कुनै इजलास तोकेका थिएनन् ।
सर्वोच्चका अनुसार आज सुनुवाइ भएका नौ मुद्दामध्ये पाँच मुद्दाको फैसला र चार मुद्दामा आदेश जारी भएको छ ।
जबराले बुधबार तीन एकल इजलास र छ संयुक्त इजलास तोकेका थिए । आज पेशी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका थिए ।