नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २८ गते आइतबारका लागि बोलाएको छ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक कार्तिक २८ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति हुनेछ ।
गएको असार २८ देखि ३० गतेसम्म देउवा निवास बूढानीलकण्ठमा बैठक बसेर महाधिवेशन कार्यतालिका पारित गरेयता कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन ।
बैठकले संशोधित महाधिवेशन कार्यतालिका अनुमोदन गर्दै नयाँ तालिकालाई पनि अनुमोदन गर्ने बताइएको छ ।
गएको असार २८ देखि ३० गतेसम्म देउवा निवास बूढानीलकण्ठमा बैठक बसेर महाधिवेशन कार्यतालिका पारित गरेयता कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन ।