काठमाडौं उपत्यकामा तिहारको तीन दिनमा ११ वटा आगलागीको घटना भएको छ ।
तिहारमा गरिने झिलमिलमा मानिसहरुको लापरवाहीका कारण ती घटना भएको जुद्ध बरण यन्त्रका फायर कमाण्डर नरेश कुँवरले बताए । उनका अनुसार एघार वटा घटनामा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
विद्युत शर्त हुँदा, दियो बाल्दा ख्याल नगर्दा भएको मानविय तुतृको कारण आगलागी भएको छ, यो आगलागीले ठूलो धनजनको भएको छ ।
कार्तिक १९ गते साँझ ललितपुरको मंगलबारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । भने दुई जना घाइते भएका थिए । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका थिए । ती दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
उनले भने, ‘घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको थियो, आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएकाले उहाँहरुको मृत्यु भएको थियो ।’
यो तीन दिनको अवधिमा उपत्यकाको तीन जिल्ला मध्ये काठमाडौंमा छ वटा लागलागीको घटना भएपनि मानविय क्षति भने हुन पाएन । ललितपुरमा दुई वटा घटना भएकोमा चार जनाको मृत्यु र दुई जना घाइते हुनु भएको थियो । यस्तै, भक्तपुरमा तीन वटा आगलागीको घटना भएको कुँवरले बताए ।
यो आर्थिक वर्षको चार महिनाको अवधिमा काठमाडौं जिल्लामा मात्रै ७७ वटा आगलागीको घटना भएको जुद्ध बरण यन्त्रको तथ्यांक छ ।