सोमबार बिहान १० बजेर ३ मिनेटमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक आइडीबाडीबाट दुबईको शेख दरबार अगाडि लेखिएको स्टाटससहित अपरिचित व्यक्तिको फोटो पोष्ट भयो ।
फेसबुक आइडी प्रधानमन्त्री देउवाको भए पनि उक्त आइडीमा पोष्ट भएको फोटो अर्काकै थियो, र लेखिएको थियो, ‘दुबईको शेख दरबार अगाडि ।’
उक्त स्टाटससहितको फोटो पोष्ट भएको केही मिनेटमै डिलेट गरिएको छ ।
प्रधानमन्त्री देउवाको फेसबुक आइडी ह्याक भएर वा देउवाको सचिवालयका कर्मचारीको गल्तीका कारण उक्त पोष्ट भएको भन्ने खुलेको छैन ।
त्यसबारे प्रधानमन्त्री देउवाको सचिवालयले केही जानकारी दिएको छैन ।
यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका कर्मचारीका कारण पनि उनको आधिकारीक आइडीबाट गतल पोष्ट भएका थिए ।