सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।
आज सोमबार बेलुका ५ बजे सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
आज बिहान बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तामा समसामयिक वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएकोछ ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्तापछि सत्ता गठबन्धन दलको बैठक बस्न लागेको हो ।
बैठकमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरु उपस्थित हुनेछन् ।