मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व सुरु भइसकेको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरेर यो पर्व मनाइन्छ ।
पर्वको पहिलो दिन आइतबार कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ मनाउँदैछन् ।
पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।
त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने प्रचलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ ।
पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा सरसफाइ गरेर चित्र्ताकर्षक घाट बनाइएका छन् ।
फोटोमा हेर्नुस्, वीरगन्जमा छठपर्वको तयारीः