सरकारले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको हो ।
उनीहरूलाई प्रदेश प्रमुख बनाउने निर्णय भएर पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । खापुङ जनता समाजवादी पार्टी, परियार नेकपा माओवादी केन्द्र र जोशी कांग्रेस निकट हुन् ।
प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव र कर्णालीमा गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख थिए । उनीहरू सबै एमाले निकट हुन् ।